• १४ भदौ २०८३, सोमबार
  • ३:५१ बेलुका

चिकित्सक संघलाई आन्दोलनको कार्यक्रम फिर्ता लिन स्वास्थ्य मन्त्रालयको आग्रह

प्रकाशित मिति

२०७९ माघ २९ गते, आईतवार ०९:२३

२९ माघ, २०७९, काठमाडौँ: स्वास्थ्य मन्त्रालयले आन्दोलनका कार्यक्रम फिर्ता लिन नेपाल चिकित्सक संघलाई आग्रह गरेको छ। डाक्टर कुटपिट प्रकरणमा आक्रोशित बनेको संघले आइतबार सेवा ठप्प पारेको सन्दर्भमा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको हो।


‘स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील विषयमा सम्पूर्ण स्वास्थ्यकर्मीहरु थप संवेदनशील बनेर अस्पतालमा उपचारका लागि आउने दिर्घरोगी, जटिल प्रकारका विरामीहरुको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै नेपाल चिकित्सक संघले मिति २०७९ साल माघ २९ गतेका दिन आह्वान गरेको आन्दोलनको कार्यक्रम फिर्ता लिएर नागरिकहरुको स्वास्थ्य उपचारको नियमित काममा जुट्नका लागि अनुरोध गर्दछौं’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

Kamana Sewa

राष्ट्रपतिको सवारीका क्रममा हिँडेको भन्दै राष्ट्रिय ट्रमा सेन्टर चिकित्सक शुक्रबार कुटिएका थिए। घटनाको लगत्तै नेपाल प्रहरीले घटनामा संलग्न सुरक्षाकर्मीलाई निलम्बन गरी घटनाको छानवीन गरिरहेको जनाइएको छ । उक्त घटनाको विषयमा थप छलफल गरी समस्याको समाधान गर्नका लागि वार्ता समिति गठन गर्ने र नेपाल चिकित्सक संघले उठाएका विषयहरुलाई सम्वाद मार्फत समाधान गर्न प्रयास भइरहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

Classic Tech Desktop

प्रतिकृया