• २२ जेठ २०८३, शुक्रबार
  • २:१३ बिहान

आईएमई डिजिटल र ललितपुर महानगरपालिका बीच सम्झौता

प्रकाशित मिति

२०७९ माघ २५ गते, बुधबार ०३:५७

२५ माघ, २०७९, काठमाडौँ: आईएमई डिजिटल सोलुसन लिमिटेड र ललितपुर महानगरपालिका बीच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौता अनुसार विद्युतिय कर भुक्तानीमा महानगरपालिकाले आई.एम.ई डिजिटल सोलुसन लिमिटेडको मोबाइल वालेट आइएमई पेको प्रयोग गर्नेछ । हालै सम्पन्न सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा दुई संस्थाबीच सो सहमति भएको हो ।


सम्झौतापत्रमा ललितपुर महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल र आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेतले हस्ताक्षर गरेका छन् ।सो सेवा आइएमई पे एपमा लाइभ भएपश्चात् ललितपुर महानगरपालिकाका स्थानीय बासिन्दाहरुले स्थानीय सरकारलाई तिर्नुपर्ने कर, जस्तै घर–बहाल कर, सम्पत्ति कर र व्यवसायिक करहरु सजिलै आइएमई पे एपबाट तिर्न सक्नेछन् ।

Kamana Sewa

नेपाल सरकारको घोषित डिजिटल नेपाल अभियानमा स्थानीय तहको सरकारसँग सहकार्य गर्न पाउदा आइएमई पे परिवारले खुशी व्यक्त गरेकाे छ ।

Classic Tech Desktop

प्रतिकृया