• ०५:५५ २०८१ बैशाख ६ गते
  • 5:55 am

नेप्से परिसूचक घट्याे

प्रकाशित मिति

२०७९ माघ २५ गते, बुधबार ०३:४४

nepse gateko e1620295217788

२५ माघ, २०७९, काठमाडौँ:  आज बुधबार सेयर बजारले ओरालो यात्रा तय गरेको छ । नेप्से परिसूचक एकल अंकमा घट्दा काराेबार रकम भने अघिल्लाे दिनकाे तुलनामा बढेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ७.१३ अंकले घटेर २१७०.२१ विन्दुमा झरेकाे छ । नेप्से ०.३३ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ०.८७ अंकले घटेर ४१४ विन्दुमा झरेकाे छ ।


कूल २५७ वटा कम्पनीकाे एक कराेड ५ लाख २ हजार ६ सय ४९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६९ करोड १९ लाख ७२ हजार ८ सय १७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये अन्य बाहेक बाँकी सबै वटा उपसमूहकाे सेयर घटेकाे छ ।


बुधबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ११ कराेड २८ लाख ६७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।आज तेह्रथुम पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ३.३२ प्रतिशतले बढेर ४ सय ३६ रूपैयाँ पुगेकाे छ ।


यस दिन आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य ५.१४ प्रतिशतले घटेर २ हजार ४ सय ३५ रूपैयाँ १० पैसामा झरेकाे छ ।

प्रतिकृया