• ०४:४६ २०८१ बैशाख ७ गते
  • 4:46 am

सुदूरपश्चिमको प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको बैठक स्थगित

प्रकाशित मिति

२०७९ माघ २५ गते, बुधबार १२:२९

1577364279sudurpaschim pradesh 600x347 1

२५ माघ, २०७९, काठमाडौँ:  सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची रहेको बैठक स्थगित भएको हो । प्रदेशसभामा नेकपा एमाले संसदीय दलका नेता रावल गत पुस २७ गते नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । अव उनले भोलि बस्ने बैठकमा विश्वासको मत लिनेछन् ।



एमालेसहित नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार रावलले भोलि विश्वासको मत लिनैपर्ने हुन्छ ।


२७ पुसमा मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री रावलले एक महिनाभित्र प्रदेशसभाको विश्वास देखाउन नसकेमा स्वतः पदमुक्त हुने संवैधानिक व्यवस्था छ । सुदूरपश्चिममा कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नेकपा एसका ४ तथा राप्रपा र स्वतन्त्र एक/एक जना सांसद छन् । तर बहुमत पुर्‍याउन ७ सिट रहेको नागरिक उन्मुक्ति पार्टी निर्णायक छ ।

प्रतिकृया