• १९ भदौ २०८३, शुक्रबार
  • १ः५६ दिउँसो

राष्ट्रिय सभाको उपाध्यक्षमा अर्यालको उम्मेदवारी दर्ता

प्रकाशित मिति

२०७९ माघ २२ गते, आईतवार ०२:३२

२२ माघ २०७९, काठमाडौँ: राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालको उम्मेदवारी दर्ता भएको छ। सत्तारुढ गठबन्धनका साझा उम्मेदवार अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल र खिमलाल देवकोटा समर्थक रहेका छन् ।राष्ट्रियसभा उपाध्यक्षका लागि आइतबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ । नेपाली कांग्रेसले पनि उम्मेदवारी नदिने निर्णय गरेका कारण अर्याल निर्विरोध निर्वाचित हुने सम्भावना छ।


५९ सदस्यीय राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल एमाले हो । एमाकाे १६ जना सांसद छन् । राष्ट्रिय सभाको दोस्रो ठूलो दल माओवादी केन्द्रका १५ जना सांसद छन् भने तेस्रो दल कांग्रेसका १० सांसद छन् ।

Kamana Sewa

प्रतिकृया