• १९ भदौ २०८३, शुक्रबार
  • १२ः५१ राती

ईन्टरपोलको १००औं वर्ष मनाउने कार्यक्रमको विधिवत रुपमा सुरुवात

प्रकाशित मिति

२०७९ माघ २२ गते, आईतवार १२:१८

२२ माघ, २०७९, काठमाडौँ: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा शुक्रबारबाट संचालन भएको ४०औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता २०७९ को उद्‍घाटन खेलमा सोही प्रतिष्ठान कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले “INTERPOL Centenary” इंकित् फुटबल प्रदान गर्दैईन्टरपोलको १००औँ वर्ष मनाउने कार्यक्रमको विधिवत् रुपमा सुरुवात गर्नुभएको छ ।


ईन्टरपोल स्थापना गरिएको १०० वर्षको यात्रामा यस वर्षलाई विशेष उत्सवको रुपमा मनाउन सदस्य राष्ट्रहरूले विभिन्न कार्यक्रमको आयोजना र्नहुन भनी ईन्टरपोल महासचिवालयबाट अनुरोध भए बमोजिम नेपाल प्रहरीले उक्त प्रतियोगितामा ईन्टरपोलको १००औँ वर्ष मनाउने कार्यक्रमको सुरुवात गरेको हो । अर्को १०० वर्षमा प्रहरी सामु आउने नयाँ चुनौतिहरुको सामना गरी “सुरक्षित संसार निर्माणका” लागी ईन्टरपोल सदस्यतालाई सशक्त बनाउन र यस शताब्दिको अनुभवलाई निरन्तरता दिन यो वर्ष नेपाल प्रहरीले पनि साहसिक, क्षमता अभिवृद्धी, खेलकुद, सामाजिक तथा अन्य विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै मनाउने National Central Bureau (NCB)ले बताएको छ । सन् १९२३ मा अष्ट्रियाको भियनामा १९ राष्ट्रहरुद्वारा अन्तर्राष्ट्रिय रुपमा बढ्दो अपराध नियन्त्रण गर्ने उद्देश्यका साथ विभिन्न देशका प्रहरीहरुबीच समन्वय र सहयोगको लागि तत्काल देखिएको आवश्यक्तालाई मध्यनजर गर्दै ईन्टरपोलको स्थापना गरिएको थियो ।

Kamana Sewa

सन् १९६७ मा जापानको क्योटोमा भएको महासभाबाट नेपालले १०० औँ सदस्य राष्ट्रको रुपमा सद्स्यता प्राप्त गरी नेपाल प्रहरी प्रधान कार्यालयमा स्थापित National Central Bureau(NCB)ले विभिन्न कानून कार्यान्वयन गर्ने ईकाइहरुसँगको सहकार्यमाअन्तर्राष्ट्रिय प्रहरी समन्वयका लागि कार्य सम्पादन गर्दे आएको छ ।

Classic Tech Desktop

प्रतिकृया