• ३१ भदौ २०८३, बुधबार
  • ७ः३० बेलुका

ललितकलाको क्षेत्रमा भएका योगदानको राष्ट्रले सधैँ कदर गरेको छः प्रधानमन्त्री दाहाल

प्रकाशित मिति

२०७९ माघ १९ गते, बिहीबार ०३:४७

१९ माघ, २०७९, काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहालले ललितकलाको क्षेत्रमा भएका योगदानको राष्ट्रले सधैँ कदर गर्ने बताएका छन्। बिहीवार ललितकला गुठी काठमाडौंको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले ललितकला प्रतिष्ठानले ललितकलाको क्षेत्रमा नेपाललाई स्थापित र परिचित गर्ने काम गरेको बताएका हुन्।

National Life

उनले प्रतिष्ठानले देशमा मात्र नभइ ललितकलाको माध्यमबाट विदेशमा पनि नेपाललाई चिनाएको बताए। उनले ललितकला प्रतिष्ठानले संस्थागत स्वरुप ग्रहण गरेकोमा खुशी व्यक्त गरे। प्रधानमन्त्री दाहालले प्रतिष्ठानलाई ललितकला सम्बन्धी कुनै समस्या र चुनौति भए लिखित रुपमा आफूलाई दिन आग्रह गर्दै आफूले प्रतिष्ठानको संरक्षण र संवद्र्धनका लागि आवश्यक पहल गर्ने उल्लेख गरे।

प्रतिकृया