• २५ भदौ २०८३, बिहीबार
  • १ः२२ राती

एनआईसी एसिया बैंकका ग्राहकलाई काठमाडौं क्यान्सर सेन्टरमा १२ प्रतिशतसम्म छुट

प्रकाशित मिति

२०७९ माघ ११ गते, बुधबार ११:१५

११ माघ २०७९, काठमाडौँ: एनआईसी एसिया बैंकका ग्राहकले काठमाडौं क्यान्सर सेन्टरमा छुट पाउने भएका छन् । त्यसका लागि दुई संस्थाबीच सम्झौता गरिएको छ । भक्तपुरको ताथलीमा रहेको काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा बैंकका ग्राहकले १२ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

National Life

सोसम्बन्धी समझदारीपत्रमा बैंकका चिफ लाइफ स्टाइल बैंकिङ युनिभर्स श्यामप्रसाद लामिछाने र सेन्टरका अध्यक्ष प्राध्यापक डा. अञ्जनी कुमार झाले हस्ताक्षर गरेका छन् । उक्त छुट पाउन ग्राहकले डिजिटल भुक्तानी गर्नुपर्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया