• १८ भदौ २०८३, बिहीबार
  • ७ः१२ बेलुका

दादुरा संक्रमण : दैनिक २७ जना थपिँदा २१ जना निको

प्रकाशित मिति

२०७९ माघ १० गते, मंगलवार ०३:५१

१० माघ २०७९, काठमाडौँ:  बाँकेको पाँचवटा पालिकामा देखिएको दादुरा संक्रमणका बिरामीको संख्या बढ्ने र निको हुने अवस्था बराबरीजस्तै देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा, डुडुवा र नरैनापुर गाउँपालिकामा दैनिक दुई दर्जन बढी नयाँ बिरामी देखा परिरहेका छन्। यी पालिकामा निको हुने दर पनि बराबरीजस्तै छ।


स्वास्थ्य कार्यालय, बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठका अनुसार माघ ९ गतेको अवस्था हेर्दा २७ जना नयाँ बिरामी थपिएका छन् भने २१ जना निको भएका छन्। अरू दिनको अवस्था पनि यस्तै देखिएको छ। नेपालगञ्जमा २१५ जना, खजुरामा २० जना, कोहलपुरमा ६ जना, नरैनापुरमा २८ जना र डुडुवामा १७ जनामा दादुरा संक्रमण देखिएको छ ।

Kamana Sewa

अहिलेसम्म २२७ जना निको भएका छन् भने ५८ जना उपचारमा छन्। यी पालिकाको ३० वटा वडामा संक्रमण देखिएको छ।पालिकाहरूले दादुराविरुद्धको खोप अभियानलाई तीव्रता दिइरहेका छन्। चार पालिकामा ८९ हजार ४५८ जना लक्षित बालबालिकामा रहेकोमा ७९ हजार ९३५ जनालाई खोप लगाइसकिएको छ। कोहलपुर नगरपालिकामा खोप लगाउने तयारी भइरहेको छ। ६ महिनादेखि १५ वर्षका बालबालिकालाई खोप लगाइएको छ ।

Classic Tech Desktop

प्रतिकृया