• १८ भदौ २०८३, बिहीबार
  • १०ः३८ राती

आज सेयर बजार बढ्याे

प्रकाशित मिति

२०७९ माघ १० गते, मंगलवार ०४:११

१० माघ २०७९, काठमाडौँ: आज (मंगलबार) नेप्से परिसूचक बढेर बन्द भएकाे छ । बढेकाे बजारमा फाइनान्स कम्पनीमा लगानीकर्ताकाे आकर्षण देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ८.१४ अंकले बढेर २१७३.२४ विन्दुमा पुगेकाे छ । नेप्से ०.३८ प्रतिशतले घटेकाे हो । सेन्सेटिभ परिसूचक पनि २.५३ अंकले बढेर ४१५.५४ विन्दुमा पुगेको छ ।


कूल २४८ वटा कम्पनीकाे ८३ लाख एक सय ८७ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ३२ लाख ३० हजार ३९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

Kamana Sewa

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ९ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ४ वटा उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा धेरै फाइनान्स समूह बढेकाे छ । आज नेपाल टेलिकमकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १२ कराेड ९१ लाख ७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

Classic Tech Desktop

मंगलबार सानिमा जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४ सय ४४ रूपैयाँ ६० पैसा पुगेकाे छ ।


आज मैलुङ खाेला जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.४८ प्रतिशतले घटेर ५ सय ९ रूपैयाँमा झरेकाे छ ।

प्रतिकृया