• १८ भदौ २०८३, बिहीबार
  • ११ः२३ राती

प्रतिनिधिसभाको अर्को बैठक बुधबार १ बजे बस्ने

प्रकाशित मिति

२०७९ माघ १० गते, मंगलवार ०४:३१

१० माघ २०७९, काठमाडौँ: प्रतिनिधिसभाको अर्को बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ । मंगलबारको बैठकले २१ सदस्यीय प्रतिनिधिसिभा नियमावली मस्यौदा समिति गठन गरेको छ । बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई दल र स्वतन्त्र सांसदहरूले बधाई ज्ञापन गरेका छन् ।


बधाई ज्ञापनपछि सभामुख देवराज घिमिरेलाई बधाई दिनेहरूलाई धन्यवाद भन्दै बैठक स्थगित गरेका हुन् । उनले अर्को बैठक माघ १८ गते बुधबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरे ।

Kamana Sewa

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलको प्रस्तावमा गठन भएको नियमावली मस्यौदा समितिमा सांसदहरु अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडू, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेशप्रसाद गर्तौला, रमेश लेखक, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्तिबहादुर बस्नेत, सर्वेन्द्रनाथ शुक्ला, सीता गुरुङ, सुवाषचन्द्र नेम्वाङ, सोबिता गौतम, हितराज पाण्डे र ज्ञानबहादुर शाही रहेका छन् ।

Classic Tech Desktop

प्रतिकृया