• ११ असोज २०८३, आइतबार
  • ४ः२७ बिहान

विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुडाल पक्राउ

प्रकाशित मिति

२०७९ माघ १० गते, मंगलवार ०८:३२

१० माघ, २०७९, काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुडाललाई पक्राउ गरेको छ ।

National Life

उनले विमानस्थलको आन्तरिक टर्मिनलसम्म आवतजावत गर्न पास बनाइदिन भन्दै प्रतिमहिना १० हजार लिने गरेको पाइएको अख्तियारको दाबी छ । कात्तिक २०७८ देखि हालसम्म १५ मनिनाको एक मुष्ठ १ लाख ५० हजार घुस लिइसकेका अवस्थामा उनलाई कार्यकक्षबाटै पक्राउ गरेको अख्तियारले जनाएको छ ।


स्रोतका अनुसार अख्तियारले घुस दिने रकमको नोटका नम्बरहरु पहिल्यै नोट गरेको थियो । तर आयोगका कर्मचारीहरु पुग्दा उनको साथमा त्यो रकम नभेटिएको घटनास्थलमा खटिएका एक अधिकृतले बताए । बरु कार्यकक्षमा रहेको दराजमा स्रोत नखुलेको ८ लाख रुपैयाँ भेटिएको अख्तियारले जनाएको छ । चुडालले त्यो रकमको स्रोत खुलाएका छैनन् ।

Classic Tech Mobile
Classic Tech Desktop

घुसवापत लिएको रकम उनले कहाँ राखे भन्ने विषयमा पनि खोजी भइरहेको स्रोतले जनाएको छ । चुडाल यसअघि नागरिक उड्डयन कार्यालय, चन्द्रगढी झापाबाट सरुवा भएर काठमाडौं आएका थिए ।

प्रतिकृया