• ३१ साउन २०८३, आइतबार
  • ८:१५ बेलुका

लागुऔषध सेवन गरी सवारी साधन चलाउने ६ जना चालक ट्राफिक प्रहरीको नियन्त्रणमा

प्रकाशित मिति

२०७९ माघ ९ गते, सोमबार १०:५२

९ माघ, २०७९, काठमाडौँ : काठमाडौँको ठमेलमा शनिबार‍ गरिएको चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने ६ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउनेहरूमा बा ९२ प १६ ९६ नम्बरका स्कुटर चालक कञ्चनपुर घर भएका बिष्णु बहादुर बि.क., प्रदेश ३ -०२-०१२ प ९६ ७१ नम्बरका मोटरसाईकल चालक काठमाडौँको असनका राजु श्रेष्ठ, बागमती प्रदेश ०२-०३९ प ७२ ८२ नम्बरका मोटरसाइकल चालक काठमाडौँ बस्ने सुरेश बस्नेत, बा ४७ प २० ७९ नम्बरका स्कुटर चालक काठमाडौँको क्षेत्रपाटीका रिजेन खड्गी, बा ८४ प ६४ २५ नम्बरका स्कुटर चालक टेकुका लुज महर्जन र बा ४९ प ५९ २२ नम्बरका स्कुटर चालक कैलालीको धनगढीका निशान भण्डारी रहेका छन् ।


नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त लैनचौर सोह्रखुट्टेको संयुक्त टोलिले २० ओटा सवारी साधन चेकजाँच गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा ६ जना चालकलाई आज काठमाडौँको ठमेलबाट फेला पारेको हो ।

Kamana Sewa

लागुऔषध सेवन गरी सवारी साधन चलाईहेको अवस्थामा फेला परेका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त लैनचौर सोह्रखुट्टे पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।

Classic Tech Desktop

मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी साधन चलाउँदा सवारी दुर्घटना हुनुको साथै मानव स्वास्थ्यमा समेत नकरात्मक असर पर्ने भएकाले मादक पदार्थ र लागुऔषध सेवन गरी सवारी साधन नचलाउनु हुन सवारी चालकलाई प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध समेत गर्नुभएको छ । सवारी साधनका चालकहरुले लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि.एच.सि. किटको प्रयोग गरी गत साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरु गरेको थियो ।

प्रतिकृया