• ३१ साउन २०८३, आइतबार
  • १:३२ बेलुका

जेठसम्ममा देशभर संगठन विस्तार गर्ने रास्वपाकाे तयारी

प्रकाशित मिति

२०७९ माघ ९ गते, सोमबार ०८:३७

९ माघ, २०७९, काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आउँदो जेठसम्ममा देशभर संगठन विस्तार गर्ने तयारी थालेकाे छ । पार्टीकाे हिजाे आइतबार बसेको केन्द्रीय समितिको बैठकले देशभर संगठन विस्तार गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।


उनका अनुसार चैतसम्ममा जिल्ला निर्वाचन समितिहरूको गठन र जेठ मसान्तसम्ममा पालिका र वडास्तरीय समितिहरू गठन गर्ने रणनीति पार्टीले तय गरेको छ। यस्तै, माघ मसान्तभित्र प्रदेश समितिहरुको विस्तारित भेला आयोजना गरी प्रदेश समितिहरुको पुनर्गठन गनै मिति र स्थान समेत तोकिएको छ।

Kamana Sewa

माघ १४ गते प्रदेश- १ को विराटनगरमा माघ १४ गते, मधेस प्रदेशको जनकपुरमा माघ १६ गते, वाग्मती प्रदेशको मकवानपुरमा माघ १८ गते, गण्डकी प्रदेशको पोखरामा माघ २१ गते, लुम्बिनी प्रदेशको दाङमा माघ २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा माघ २८ गते र सुदूरपश्चिम प्रदेशको धनगढीमा माघ २६ गते प्रदेश समतिहरु पुनर्गठन गर्ने निर्णय गरेको छ।

Classic Tech Desktop

यसैगरी, रास्वपाले केन्द्रीय निर्वाचन आयोगको सदस्यमा नारायण प्याकुरेल र केन्द्रीय लेखा आयोगको प्रमुखमा अभिषेक घिमिरेलाई नियुक्त गरेको छ।


केन्द्रीय अनुशासन तथा आचरण समितिको प्रमुखमा डा. भरतमणि देवकोटा र सदस्यहरुमा रामहरि सुवेदी, रमाकान्त रिमाल र यज्ञमणि न्यौपाने रहेका छन्।

प्रतिकृया