• ३१ साउन २०८३, आइतबार
  • ५:३५ बिहान

राष्ट्रपतिमा सहमति खोज्ने कोसिस जारी राख्छौँः प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति

२०७९ माघ ६ गते, शुक्रबार ०८:३६

६ माघ, २०७९, काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने कोसिस जारी राख्ने बताएका छन् । बिहीबार सभामुखको चुनावपछि संसदबाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले समय बाँकी रहेको भन्दै राष्ट्रपतिबारे समझदारी गर्ने कोसिस जारी राख्ने बताएका हुन् ।


उनले सत्ता साझेदार र आफूले सकेसम्म राष्ट्रपतिका बारेमा समझदारी बनाउन कोसिस गरिरहेको पनि बताए। उनले उपसभामुखको निर्वाचनमा पनि आजकै प्रक्रियाअनुसार सत्ता गठबन्धन अगाडि बढ्ने बताए।

Kamana Sewa

उनले भने, ‘आज सभामुखको निर्वाचन भयो। सबै कुरा थाहा पाउनुभयो। हामी सत्ता साझेदार दलहरु सबै एकठाउँमा उभियौँ। प्रमुख प्रतिपक्षले पनि उम्मेदवार उठायो। प्रतिष्पर्धा भयो। बहुमतले सभामुख निर्वाचित भएको घोषणा भयो।उपसभामुखको निर्वाचन पनि आजकै प्रक्रियामा हुन्छ। राष्ट्रपतिको कुरा बाँकी रहेको छ। हामी सत्ता साझेदार र मैले पनि सकेसम्म कुनै समझदारी बनिदिए हुने थियो भन्ने कोसिस छ। हामी त्यो कोसिस जारी राख्छौँ।’

Classic Tech Desktop

प्रतिकृया