• ४ साउन २०८३, सोमबार
  • १:५२ बिहान

नेप्सेमा सामान्य सुधार

प्रकाशित मिति

२०७९ माघ ५ गते, बिहीबार ०३:३३

५ माघ २०७९, काठमाडौँ: नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५.७१ अंकले बढेर २१७८.८१ विन्दुमा पुगेकाे छ । नेप्से ०.२६ प्रतिशतले बढेकाे हो । सेन्सेटिभ परिसूचक पनि १.१५ अंकले बढेर ४१५.०५ विन्दुमा झरेको छ ।


कूल २४६ वटा कम्पनीकाे ८२ लाख ४७ हजार ६ सय ४६ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३ सय २९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ७ वटा उपसमूहकाे सेयर घटेकाे छ भने बाँकी ६ वटा उपसमूहकाे सेयर बढेको छ ।

Kamana Sewa

आज एनआईसी एशिया बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे १८ कराेड ४ लाख ४४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । बिहीबार आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८ सय ४८ रूपैयाँ २० पैसा पुगेकाे छ ।

Classic Tech Desktop

आज कुमारी धनवृद्धि याेजनाकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त फण्डकाे मूल्य ८.८९ प्रतिशतले घटेर ९ रूपैयाँ २ पैसामा झरेकाे छ ।

प्रतिकृया