नेपाल टेलिकमले मोबाइल र टेलिफोन सेवामा आएको प्राविधिक समस्याका लागि माग्यो माफी

प्रकाशित मिति

२०७९ माघ ४ गते, बुधबार ०५:१७

Nepal Telecome office 20180813054133 e1647321183604

४ माघ, २०७९, काठमाडौँ : हिजो फोनकलमा आएको खराबीप्रति नेपाल टेलिकमले क्षमा मागेको छ । करिब १२ बजेदेखि केही समय कम्पनीका केही उपकरणमा प्राविधिक समस्या आई छोटो अवधिका लागि मोबाइल तथा पिएसटिएन टेलिफोन सेवा अवरुद्ध हुन गएकोमा कम्पनीका प्राविधिकहरुबाट तत्काल समाधान गरिएको थियो । समाधान भइसकेपश्चात छोटो अवधिमा पनि रोकिएका कलहरुको संख्यामा एक्कासी अत्यधिक वृद्धि हुन गई नेटवर्क कञ्जेसनका कारण केही समय कल आदान प्रदानमा ग्राहक महानुभावहरुले असजिलोपन व्यहोर्नुपर्यो । यसरी प्राविधिक समस्याका कारण ग्राहक महानुभावहरुमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी छ ।


भविष्यमा यस्ता समस्या दोहोरिन नदिन कम्पनीले प्रणालीगत सुधार कार्य निरन्तर गरिरहने छ । सेवाग्राहीलाई अविच्छिन्न, निर्वाध गुणस्तरीय दूरसञ्चार सेवाहरु प्रवाह गर्न कम्पनी सदा प्रतिबद्ध रहेको छ । साथै मोबाइल, टेलिफोन तथा कम्पनीका अन्य सेवाहरुमा कुनै समस्या आएमा १४९८ र १९८ मा सम्पर्क गरी समाधानका लागि पहल गर्न पनि कम्पनी सम्पूर्ण ग्राहक महानुभावहरुमा अनुरोध गर्दछ ।

प्रतिकृया