• 7:00 pm

एमालेबाट मन्त्री बन्ने चार जनाको टुंगो

प्रकाशित मिति

२०७९ माघ ३ गते, मंगलवार ११:१६

३ माघ, २०७९, काठमाडौँ: एमालेले मन्त्री बन्ने चार जनाको नाम टुंगो लगाएको छ । एमालेको भागमा परेको आठ मध्ये चार जना यसअघि नै मन्त्री बनिसकेका छन् । मंगलबार नयाँ पठाउन लागिएका मन्त्रीहरुमा विमला राई पौड्याल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेति छन् ।


पौड्याल राष्ट्रिय सभाकी सांसद हुन् । उनले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउने निश्चित छ । त्यसबाहेक अन्य सबै प्रतिनिधि सभाका निर्वाचित सांसद हुन् । कसलाई के जिम्मेवारी दिने भन्नेबारे अन्तिम टुंगो लगाउन प्रधानमन्त्री एमाले अध्यक्षबीच बालुवाटारमा छलफल हुँदैछ ।

प्रतिकृया