• २८ भदौ २०८३, आइतबार
  • ४ः०७ बिहान

महासंघ अध्यक्ष गोल्छा भन्छन् – ‘बैंकले नाफा कमाएपछि मात्रै अर्थतन्त्र सबल हुन्छ’

प्रकाशित मिति

२०७९ पुष २५ गते, सोमबार ०१:५१

२५ पुस २०७९, काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकले राम्रो नाफा गरेमात्रै अर्थतन्त्र सबल हुने बताएका छन् । ‘बैंक बलियो भएपछि अर्थतन्त्र सबलता आउँछ, स्थिरता आउँछ, बैंक बलियो हुनु अर्थतन्त्रको लागि मेरुदण्ड हो,’ ग्लोबल आईएमई बैंक र बिओकेको मर्जर कार्यक्रममा बोल्दै उनले भने, ‘बैंकले नाफा गर्नैपर्छ । बैंकले नाफा गरेपछि मात्रै लगानी बढ्छ र अर्थतन्त्र सबल हुन्छ ।’

National Life

साथै उनले कार्यक्रममा आर्थिक परिदृश्य चुनौतिपूर्ण समयमा रहेको भन्दै राजस्व घटेको र सोही अनुरुप रोजगारी गुमाउन पुगेको बताए । हाल मुद्रास्फिीर्ति ८ देखि ९ प्रतिशतसम्म पुगेको र जसका कारण मनोबल समेत गिरेको उनले बताए ।


हाल तरलताका साथै आर्थिक सुचकहरुमा केही सुधारका संकेत देखिएको उनको भनाई थियो । ‘तरलतामा सुधार भएको छ, रेमिट्यान्स बढेको छ र व्यापार व्यवसाय सुधार भएको देखिएको छ,’ उनले भने, ‘अब देशको अर्थतन्त्र चलायमान बनाउन सरकारी खर्च बढ्नुपर्छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

जबसम्म सरकारले विकास खर्च बढाउँदैन तबसम्म अर्थतन्त्र चलायमान नहुने उनको तर्क थियो । निजी क्षेत्रलाई लगानीमैत्री वातावरण नबनाइ समृद्धि नआउने भन्दै अबका दिनमा त्यसलाई कसरी लगानी गर्न प्रेरित गर्ने, निजी क्षेत्रलाई कसरी उकास्ने भन्ने विषयमा सरकारले सोच्नुपर्ने बताए ।

प्रतिकृया