• ५ साउन २०८३, मंगलबार
  • १२:१३ बिहान

आज मौसम कस्तो होला?

प्रकाशित मिति

२०७९ पुष ७ गते, बिहीबार ०७:३७

७ पुष, २०७९, काठमाडौँ: हाल नेपालको पूर्वी क्षेत्रमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यतिबेला (बिहीबार बिहान) प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली (आकाशमा बादल) रही तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागिरहेको छ।


चिसो बढ्ने क्रम जारी रहेकाले सजगता अपनाउन महाशाखाले सुझाव दिएको छ । आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ : तराईका केही भूभागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने र देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ।

Kamana Sewa

यसैबीच आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको महाशाखाका वरिष्ठ मौसमविद् निराजन सापकोटाले जानकारी दिए। अहिले बिहान ८:४५ बजे यो अपडेट गरिनेछ भने देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि महाशाखाले सार्वजनिक गर्नेछ।

Classic Tech Desktop

आज दिउँसो र राति कस्तो होला मौसम?
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।


राति भने प्रदेश १ को पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने बुलेटिनमा उल्लेख गरिएको छ।

प्रतिकृया