• १५ असोज २०८३, बिहीबार
  • ४ः२५ बिहान

आज सुन-चाँदीको मूल्य घटेको

प्रकाशित मिति

२०७९ पुष १ गते, शुक्रबार ११:४३

पुष १, २०७९, काठमाडौं: शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। तोलाको एक लाख एक हजार रुपैयाँसम्म पुगेको सुनको भाउ शुक्रबार एक लाख मुनि ओलिएको छ। अघिल्लो कारोबार दिन प्रतितोला सात सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला चार सय रुपैयाँ घटेको हो।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।


त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो।

Classic Tech Mobile
Classic Tech Desktop

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा नै सुन–चाँदीको मूल्य घटेकाले नेपालमा पनि सुन–चाँदीको मूल्य घटेको हो।

प्रतिकृया