• 9:19 pm

आज विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ किनबेच ?

प्रकाशित मिति

२०७९ पुष १ गते, शुक्रबार ११:२०

पुष १, २०७९, काठमाडौं: नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ। शुक्रबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ १२ पैसा र बिक्रीदर १३२ रूपैयाँ ७२ पैसा कायम गरिएको छ। बिहीबार अमेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ ६४ पैसा र बिक्रीदर १३२ रूपैयाँ २४ पैसा कायम गरिएको थियो। डलरको मूल्य अघिल्लो दिनको तुलनामा ४८ पैसा बढेको हो।


युरोपियन युरो एकको खरिदमा भने १४० रूपैयाँ ३२ पैसा र बिक्रीमा १४० रूपैयाँ ९६ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रूपैयाँ १ पैसा र बिक्रीदर १६३ रूपैयाँ ७५ पैसा तोकिएको छ।


त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रूपैयाँ ४८ पैसा र बिक्रीमा ८९ रूपैयाँ ८९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ३६ पैसा र बिक्रीमा ९७ रूपैयाँ ८० पैसा पाइन्छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १ पैसा र बिक्रीमा ३६ रूपैयाँ १७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ १४ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३० पैसा तोकेको छ।


युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रूपैयाँ १३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २९ रूपैयाँ ९१ पैसा र बिक्रीमा ३० रूपैयाँ ४ पैसा पाइन्छ। शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ९९ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ९५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ४६ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ५ पैसा तोकिएको छ।

प्रतिकृया