• १० असोज २०८३, शनिबार
  • ११ः२४ राती

जर्मनीको संसद भवनमा आक्रमण गर्ने योजना बनाइरहेका २५ जना पक्राउ

प्रकाशित मिति

२०७९ मंसिर २१ गते, बुधबार ०६:०५

२१ मंसिर २०७९, एजेन्सी : जर्मनीमा व्यवस्था परिवर्तनको उद्देश्यसहित हिंसा मच्चाउन खोजेको भन्दै २५ जनालाई गिरफ्तार गरिएको छ। संसदमा सशस्त्र आक्रमणको योजना बनाइरहेका उग्र-दक्षिणपन्थी विचारधाराका २५ जनालाई प्रहरीले गिरफ्तार गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।

National Life

आधुनिक जर्मनीको वैधतामा विश्वास नगर्ने समूहले हिंसा भड्काउने प्रयत्न गरेको जर्मनीका गृहमन्त्री न्यान्सी फिजरले बताएकी छन्। ती समूहका सम्पूर्ण प्रयासलाई सरकारले निष्प्रभावी पार्ने उनको घोषणा छ। जर्मनीको पूर्वराजपरिवार समर्थित समूहले हिंसा भड्काउने प्रयास गरिरहेको आशंका गरिएको छ।


तत्कालीन पूर्व जर्मनीमा शासन गरेको राजा हेनरिच १३ औं समर्थित समूहले रूसका प्रतिनिधिहरूसँग सम्पर्क बढाउँदै यस्तो योजना बनाएको आशंका रहेको रोयटर्सले लेखेको छ। तर रूसले यो आशंकामा कुनै सत्यता नरहेको बताएको छ भने जर्मनीको अनुसन्धानबाट पनि रूसको समर्थन रहेको कुनै तथ्य फेला परेको छैन। हिंसात्मक ढंगले व्यवस्था परिवर्तनको कोशिशमा लागेको उग्र दक्षिणपन्थी समूहबारे विस्तृत अनुसन्धान भइरहेको त्यहाँको गृह मन्त्रायलयले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया