• १० असोज २०८३, शनिबार
  • ११ः२४ राती

११ अर्बले बढ्यो बैंकको निक्षेप, कर्जा लगानी १ अर्बले मात्रै

प्रकाशित मिति

२०७९ मंसिर २० गते, मंगलवार ०७:४०

२० मंसिर २०७९, काठमाडौँ : पछिल्लो साता बैंकिङ निक्षेप ११ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघका अनुसार मङ्सिर ९ गतेदेखि १६ गतेसम्ममा ११ अर्ब रुपैयाँले बढ्दै २६ वटा वाणिज्य बैङ्कहरूको निक्षेप ४५ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको हो । अघिल्लो साता अर्थात् मङ्सिर २ गतेदेखि ९ गतेसम्ममा ४ अर्ब रुपैयाँले मात्र निक्षेप बढ्दै ४५ खर्ब ६२ अर्ब रुपैयाँ कायम भएको थियो ।

National Life

यस्तै समीक्षा अवधिमा यता कर्जा लगानीतर्फ १ अर्ब रुपैयाँले मात्र वृद्धि हुँदै बैङ्कहरूले ४२ खर्ब २३ अर्ब रुपैयाँ लगानी गरेका छन् । अघिल्लो हप्ता यस्तो कर्जा लगानी बैङ्कहरूले ३ अर्बले बढाउँदै कुल ४२ खर्ब २२ अर्ब लगानी गरेका थिए ।

प्रतिकृया