राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १ अर्ब २७ करोड ब्याजमा लगानी गर्ने
प्रकाशित मिति
२०७९ मंसिर २० गते, मंगलवार ०६:३४
२० मंसिर २०७९, काठमाडौँ : नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण कोषको १ अर्ब २७ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले उक्त रकम ३६६ दिनका लागि निक्षेपको रूपमा बैंकमा राख्ने भएको हो । मंगलबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थालाई दरखास्त आह्वान गरेको छ ।
सूचना अनुसार कुल रकम मध्ये १ अर्ब १ करोड ६० लाख रुपैयाँ क वर्गका वाणिज्य बैंकहरुका लागि छुट्याइएको छ भने ख वर्गको विकास बैंकहरुका लागि १९ करोड ५ लाख रुपैयाँ र ग वर्गका वित्तीय संस्थाहरुका लागि ६ करोड ३५ लाख रुपैयाँ छुट्याइएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले मङ्सिर २५ गते बिहान १० बजेदेखि साँझ ७ बजेसम्ममा अनलाइन आवेदन दिन सक्नेछन् ।
यद्यपि, यस्तो निक्षेपका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनको कम्तीमा २ वर्ष पुरा गरेको हुनुपर्नेछ भने निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको हुनुपर्ने राष्ट्र बैंकले सर्त राखेको छ । निक्षेप आगामी पुस १ गतेदेखि २०८० मङ्सिर ३० गतेसम्म राखिनेछ ।








प्रतिकृया