चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्ति विरूद्धको रिटमा अदालतले दिएन अन्तरिम आदेश
प्रकाशित मिति
२०७९ मंसिर १९ गते, सोमबार ०७:१५
१९ मंसिर २०७९, काठमाडौँ: चलचित्र विकास बोर्डका अध्यक्ष अभिनेता भुवन केसीको नियुक्तिविरूद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएन। बोर्डको अध्यक्ष हुनका लागि केसीको शैक्षिक योग्यता नपुग्ने भन्दै नरेश पौडेल लगायतले दिएको रिटमा न्यायाधीश आनन्दमोहन भट्टराई र प्रकाश सिहं राउतको इजलासले अन्तरिम आदेश नदिई पूर्ण सुनुवाइका लागि पेश गर्ने आदेश गरेको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ।
साउन ९ गतेको मन्त्रिपरिषदले केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। शैक्षिक योग्यता साथै यौन दुर्व्यवहारको आरोप लागेका केसीलाई विकास बोर्डको अध्यक्ष बनाएको भन्दै उनको नियुक्ति विवादित भएको थियो। दुई वर्षअघि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले उनलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। शाहले लगाएका आरोपले आफ्नो मानहानी भएको भन्दै केसीले १० करोड क्षतिपूर्ति माग गर्दै जिल्ला अदालतमा मुद्दा दिएका थिए।






प्रतिकृया