• १३ असोज २०८३, मंगलबार
  • ४ः०५ बिहान

मलेसियामा दुई नेपालीको हत्या, हत्याको आशंकामा एक नेपाली पक्राउ

प्रकाशित मिति

२०७९ मंसिर १९ गते, सोमबार ०९:२०

१९ मंसिर २०७९, दोहा : मलेसियामा दुई नेपालीको शव फेला परेको छ । मलेसियाको सेरेम्बनमा शनिबार हत्या भएको अवस्थामा दुई नेपालीको शव फेला परेको हो । त्यहाँको प्रहरीले ओकल्यान्ड कमर्सियल सेन्टरमा सुरक्षा गार्डको रुपमा कार्यरत दुई नेपालीलाई हथौडाले हानेर हत्या भएको जनाएको छ। सेरेम्बन ओसीपीडीका सहायक कमाण्डर नन्द मारोफका अनुसार स्थानीयबाट घटनाको सूचना पाए लगत्तै घटनास्थल पुग्दा तीन जना नेपाली फेला परेको, ती मध्ये दुई जना मृत भेटिएको र अन्य एकजना सकुशल थिए ।

National Life

‘मृतक दुई एकअर्काबाट टाढै ढल्केका थिए । ३५ र ४६ वर्षका दुई जनाको अनुहारमा चोट लागेको थियो, तर हामीलाई अझै फरेन्सिक जाँचको आवश्यकता छ,’ उनले भने, ‘के कारणले हत्या गरिएको हो अनुसन्धान भइरहेको छ।’ उनीहरू तीनै जनाले मादक पदार्थ सेवन गरेको र पछि आपसी झगडा हुँदा हत्या भएको हुनसक्ने आशंका गरिएको छ।


प्रहरीले आक्रमणमा प्रयोग भएको हतियार पनि फेला पारेको र सँगै रहेका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीलाई उद्धृत गर्दै त्यहाँका समाचारमा जनाइएको छ । हत्याको दण्ड संहिताको धारा ३०२ अन्तर्गत मुद्दाको अनुसन्धान भइरहेको उनले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया