• ११ असोज २०८३, आइतबार
  • १ः१९ राती

प्रदेश १ काे लोक सेवाले माग्यो तीन सय बढी कर्मचारी

प्रकाशित मिति

२०७९ मंसिर १९ गते, सोमबार ०७:३५

१९ मंसिर २०७९, काठमाडौँ : प्रदेश १ को लोक सेवा आयोगले स्थानीय सरकारी सेवाका लागि प्राविधिकतर्फ पदहरूमा आवेदन माग गरेको छ। खुला तथा समावेशी प्रतियोगिताबाट पदपुर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त आह्वान भएको हो।

National Life

प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उम्मेदवारहरूको रोजाई प्राथमिकता क्रमअनुसार स्थानीय तह तोकेर सिफारिस गरिने पनि आयोगले जानकारी दिएको छ। छनोट भएकालाई स्थानीय तहले नै स्थायी नियुक्ति दिनेछन्। पाँचौं तहको सबइन्जिनियर पदमा २५ जना माग भएको छ।


सहायक कम्प्युटर अपरेटर, नायव प्राविधिक सहायक, नायव पशु स्वास्थ्य प्राविधिकलगायत पदमा दरखास्त आह्वान भएको हो। कुल ३१६ जना कर्मचारी माग भएको छ। आयोगले आज गोरखापत्रमा सूचना निकालेर चैत २५ गतेदेखि परीक्षा हुनेसमेत उल्लेख गरेको छ। अनलाइनबाट पनि फारम भर्न सकिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया