• ४ साउन २०८३, सोमबार
  • ७:२६ बेलुका

सुन चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति

२०७९ मंसिर १८ गते, आईतवार १०:५५

१८ मंसिर २०७९, काठमाडौँ: नेपाली बजारमा आज सुन चाँदीको मूल्य बृद्धि भएको छ । शुक्रबारको तुलनामा आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले बृद्धि भई प्रति तोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


महासंघका अनुसार आज तेजावी सुन प्रति तोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा २५ रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया