• ४ साउन २०८३, सोमबार
  • १:३३ बिहान

एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश घोषणा

प्रकाशित मिति

२०७९ मंसिर १८ गते, आईतवार १०:३७

१८ मंसिर, २०७९, काठमाडौं : एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।कम्पनीको मंसिर १६ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको करसहित कुल ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।


उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ । कम्पनीको दशौँ वार्षिक साधारण सभा पौष २० गते, बुधबार हुनेछ । कम्पनीले पौष ५ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

Kamana Sewa

कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारको छ :

Classic Tech Desktop

प्रतिकृया