• ११ असोज २०८३, आइतबार
  • ५ः२१ बेलुका

लक्ष्मी बैंकको नयाँ एक्सटेन्सन काउन्टर संखुवासभाको गोलबजारमा

प्रकाशित मिति

२०७९ मंसिर १३ गते, मंगलवार १२:३४

१३ मंसिर २०७९, काठमाडौं : लक्ष्मी बैंक लिमिटेडले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले संखुवासभाको भोटखोला गाउँपालिकाको गोलबजारमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । शंखुवासभा जिल्लामा एक्सटेन्सन काउन्टरहरू थपिएसँगै लक्ष्मी बैंकको संजालले अब देशका ५० जिल्लामा १४३ शाखा, ५ हस्पिटल सेवा काउन्टर, १४ एक्सटेन्सन काउन्टर, १७९ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट र ६३ शाखारहित बैंकिङ एजेन्टहरू पुगेको छ।

National Life

नवीन बचत खाता, मुद्दती निक्षेप, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त लगायतका व्यावसायिक वित्तीय सेवाहरूको बढ्दो मागलाई पूरा गर्ने उद्देश्यले बैंकले नयाँ तथा सेवा नपुगेका बजारहरूमा तिव्र गतिमा विस्तार गर्दै आएको छ ।

प्रतिकृया