• १२ असोज २०८३, सोमबार
  • ४ः२६ बिहान

स्मार्टच्वाइस टेक्नोलोजिज र सनराइज बैंकबीच सम्झौता

प्रकाशित मिति

२०७९ मंसिर ११ गते, आईतवार ०१:४९

११ मंसिर, २०७९, काठमाडौं : स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र सनराइज बैंक लिमिटेडबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ । सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात सनराइज बैंक लिमिटेडका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप सनराइज स्मार्ट प्लस प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आर मार्फत गर्न सकिनेछ ।

National Life

उक्त सम्झौतापत्रमा स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कायकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग दिलिप मैनालीले हस्ताक्षर गरेका छन् ।

प्रतिकृया