• ४ असोज २०८३, आइतबार
  • ७ः१८ बिहान

विनायकका विद्यार्थीलाई सचेतना कार्यक्रम

प्रकाशित मिति

२०७९ मंसिर ९ गते, शुक्रबार ०३:५३

९ मंसिर २०७९, मध्यपुर ठिमी भक्तपुर : किताबी ज्ञानले मात्र विद्यार्थीको सिकाइ पूर्ण हुँदैन । व्यावहारिक र जीवन उपयोगी ज्ञान र सीपबाट पनि सिकाई सार्थक हुन्छ भन्ने मान्यतालाई आत्मासात गर्दै आएको विनायक शिक्षा निकेतन इङ्गलिस स्कुल थिमिमा यही मंसिर 8 गते विद्यार्थीहरुका लागि सचेतना कार्यक्रमको आयोजना गरियो । विशेषगरी र लैङ्गिक हिंसा good touch र bad touchवारे कक्षा 5 का विद्यार्थीहरुसँग अन्तरक्रियात्मक तथा प्रयोगात्मक ज्ञान दिइएको उक्त कार्यक्रम विद्यालयकी पूर्व विद्यार्थी तथा इन्जिनियर चण्डिका श्रेष्ठलगायत cloud factory team काे संयोजनमा आयोजना गरिएको थियो।

National Life

कार्यक्रममा विद्यार्थीहरुलाई मनोरञ्जनात्मक शैलीमा good touch र bad touch सिकाइएको थियाे । यदि कसैले bad touch गरे त्यसको प्रतिकार कसरी गर्ने, अभिभावकलाई तथा शिक्षकशिक्षिकालाई जानकारी गराउन आवश्यक छ कि छैन भन्ने शिक्षाप्रद भिडियो समेत प्रदर्शन गरिएको र अपरिचित तथा परिचित व्यक्तिबाट हुने यस्ता क्रियाकलापबाट हरसमय सचेत हुनुपर्ने जानकारी विद्यार्थीले प्राप्त गर्न सकेको कुरा विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले जानकारी गराए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया