भक्तपुर-१ मा नेमकिपाका प्रेम सुवाल विजयी

प्रकाशित मिति

२०७९ मंसिर ८ गते, बिहीबार १०:१५

८ मंसिर २०७९, काठमाडौँ : भक्तपुर क्षेत्र नम्बर १ बाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार प्रेम सुवाल पुनः विजयी भएका छन् । पछिल्लो परिणाममा सुवालले ४२ हजारभन्दा बढी मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज गेलालले ११ हजार ८३४ र राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले ९ हजार २२२ मत पाएका छन् ।


सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका सुनिल गोठेले ५ हजार १६५ मत पाएका छन् । निर्वाचन आयोगले नतिजा सार्वजनिकको अन्तिम तयारी गरेको छ । मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले सबै मत गनेर सकिएको र अब परिणाम सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको बताए ।


भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी भएका छन् ।

प्रतिकृया