• ४ साउन २०८३, सोमबार
  • २:२० बिहान

भक्तपुरमा मत गणना सुरु

प्रकाशित मिति

२०७९ मंसिर ५ गते, सोमबार ०६:३३

५ मंसिर २०७९, भक्तपुर : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत भक्तपुरमा मतगणना सुरु भएको छ। भक्तपुर क्षेत्र नम्बर २ को मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिक केन्द्रमा आज राति १ बजेर ५० मिनेटदेखि मतगणना सुरु भएको हो।


आइतबार राति १० बजेसम्म विभिन्न मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गरी ल्याइएको थियो। त्यसलगत्तैको सर्वदलीय बैठकपछि मतगणना शुरु भएको हो। निर्वाचनमा भक्तपुरमा कूल एकलाख ९४ हजार चार सय ३९ जना मतदाता रहेकोमा एक लाख ३९ हजार नौ सय ३८ अर्थात् ७१ दशमलव ९७ मत खसेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए।

Kamana Sewa

जसमा क्षेत्र नम्बर १ मा एक लाख दुई हजार पाँच सय २८ मतदाता रहेकोमा ७४ हजार १९ मत अर्थात् ७१ दशमलव १९ प्रतिशत मत खसेको र क्षेत्र नं २ मा ९१ हजार नौ सय ११ मतदाता रहेकोमा ६५ हजार नौ सय १९ मत अर्थात् ७१ दशमलव ७२ प्रतिशत मत खसेको उनको भनाइ छ।

Classic Tech Desktop

भक्तपुर क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार हुनुभएको नेपाली कांग्रेसका सभापति दुर्लभ थापा र नेकपा ९एमाले०कातर्फबाट एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतबीच कडा प्रतिस्पर्धा रहेको छ। भक्तपुर क्षेत्र नं १ को आज बिहान ७ बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय बैठकमा सहमति भएको छ।


कार्यालयका प्रमुख न्यौपानेका अनुसार आइतबार साँझ बसेको सर्वदलीय बैठकमा आज मतगणना सुरु गर्ने सहमति भएको जानकारी दिए। चाँगुनारायण नगरपालिका खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा त्यस क्षेत्रका मतपेटिका राति ११ बजेसम्म ल्याएर कर्मचारीबाट बुझाई रुजु गर्ने काम सम्मपन्न भएको थियो।


निर्वाचन क्षेत्र नं १ मा भक्तपुर र चाँगुनारायण तथा क्षेत्र नं २ मा मध्यपुरथिमि र सूर्यविनायक नगरपालिका रहेका छन्। प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार वटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा १० वटालाई अपाङ्गतामैत्री मतदान केन्द्रसहित दुई सय २२ वटा मतदान केन्द्रबाट मतदान गरिएको थियो। कर्मचारीको लागि समानुपातिकतर्फको मात्रै मतदान गर्ने गरी भक्तपुरमा एउटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको थियो। भक्तपुरका सबै मतदान केन्द्रमा शान्ति पूर्णरुपमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए।

प्रतिकृया