• ४ साउन २०८३, सोमबार
  • २:५४ बिहान

दोलखाका ७ ठाउँमा तनाव, २६ राउन्ड फायर

प्रकाशित मिति

२०७९ मंसिर ४ गते, आईतवार ०४:०९

४ मंसिर २०७९, काठमाडौँ : झडप र विवादका कारण दोलखाका ७ ठाउँमा तनाव सिर्जना भएको छ । स्थिति नियन्त्रणमा लिन २६ राउन्ड गोली चलाउनुपरेको दोलखाका डीएसपी गंगा पौडेलले बताए । गौरीशंकर गाउँपालिका–२ स्थित मतदान केन्द्रमा स्थगित भएको मतदान सुचारु हुन सकेको छैन । बैतेश्वर गाउँपालिकाको वडा नम्बर–१ र २ मा पनि तनाव सिर्जना भएपछि मतदान स्थगित गरिएको छ ।


कालिञ्चोक गाउँपालिका वडा नम्बर –७ र १ मा प्रहरीले गोली चलाएको छ । जिरी नगरपालिका–९ मा पनि गोली चलेको छ । तामाकोशी गाउँपालिका–३ स्थित कालापानी मावि मतदान केन्द्रमा झडप हुँदा १५ राउन्ड गोली चलाउनु परेको बागमती प्रदेशकी डीआइजी किरण बज्राचार्यले बताइन् । कालापानीमा सत्ता गठबन्धन र एमालेका कार्यकर्ताका बीचमा झडप भएको छ । झडपमा सुरक्षाकर्मी पनि घाइते भएका छन् । झडपको क्रममा केही मानिसहरूले ब्यालेट बक्स फुटाउन खोजेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनुपरेको प्रहरीको भनाइ छ ।

Kamana Sewa

प्रतिकृया