• १६:२९ २०८० चैत्र १६ गते
  • 4:29 pm

सेञ्चुरी बैंकको पदमपुर शाखा अब नयाँ ठाँउमा

प्रकाशित मिति

२०७९ मंसिर २ गते, शुक्रबार १२:३४

Padampur Branch Shifting

२ मंसिर २०७९, काठमाडौं :  सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मिति २०७९ कात्र्तिक २७ गतेदेखि पदमपुर शाखा नयाँ ठाँउमा सञ्चालनमा ल्याएको छ । पदमपुर शाखा नयाँ ठाँउमा बैंकको अध्यक्ष श्री राजेशकुमार श्रेष्ठज्यूले समुद्घाटन गरी सेवा सञ्चालन गर्नु भएको छ । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री मनोज न्यौपाने, प्रमुख कर्जा अधिकृत श्री राजेश भण्डारी लगायत बैंकका कर्मचारीहरु तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।


देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल शाखा संख्या १४८ छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।


थप जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।

प्रतिकृया