• 2:35 pm

काठमाडौंको दुई ठाउँमा शङ्कास्पद वस्तु फेला

प्रकाशित मिति

२०७९ मंसिर २ गते, शुक्रबार ०८:४५

२ मंसिर २०७९, काठमाडौँ : काठमाडौंको बूढानीलकण्ठ र हाँडीगाउँ स्थित भत्केको पुलमा शंकास्पद वस्तु फेला परेको छ । हाँडीगाउँमा प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा शुक्रबार बिहान भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको टिमले डिस्पोज गरेको छ ।


बूढानीलकण्ठ स्थित स्पेशल चोक र भत्केको पुलमा फेला परेको शङ्कास्पद वस्तु डिस्पोज गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सीताराम रिजालले बताए । उनले भने–‘भत्केको पुलमा कुकरमा तार जोडेर राखेको फेला परेको थियो ।’


बिहान पौने ३ मा शङ्कास्पद वस्तु फेला परेका हुन् । निर्वाचन बिथोल्ने समूहले शङ्कास्पद वस्तु राखेको अनुसन्धान अधिकृतहरू बताउँछन् । घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया