• २६ भदौ २०८३, शुक्रबार
  • ११ः३२ राती

अमेरिका र रुसका गुप्तचर निकायका प्रमुखबीच प्रत्यक्ष वार्ता

प्रकाशित मिति

२०७९ कार्तिक २९ गते, मंगलवार ११:५४

२९ कार्तिक २०७९, काठमाडौँ: अमेरिका र रुसी गुप्तचर निकायका प्रमुखबीच प्रत्यक्ष वार्ता भएको छ । टर्कीको राजधानी अंकारामा सोमबार भएको वार्तामा युक्रेनमा रुसले गर्न सक्ने रासायनिक आक्रमण र रुसमा बन्धक बनेका अमेरिकी बन्दीसहितका विषयमा कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

National Life

अमेरिकी गुप्तचर निकाय सिआइएका निर्देशक विलियम बर्न र उनका समकक्षी सर्गेइ नार्यश्किनबीचको वार्ता अमेरिकी प्रयासले भएको हो । रुसले युक्रेनमाथि आक्रमण थालेयता पहिलोपटक दुई देशका उच्च अधिकारीबीच वार्ता भएको हो ।


सन् २००५ देखि २००८ सम्म रुसका लागि अमेरिकी राजदूत रहिसकेका बर्न र उनका समकक्षीबची युद्ध अन्त्यको प्रयासस्वरूप वार्ता भएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया