• २ असोज २०८३, शुक्रबार
  • ८ः५७ बिहान

अख्तियारले दुरुपयोगले गर्‍यो १२२ वटा मुद्दामा पुनरावेदन

प्रकाशित मिति

२०७९ कार्तिक २२ गते, मंगलवार ०४:५२

२२ कार्तिक २०७९, काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्षमा विशेष अदालतबाट फैसला भएका १२२ वटा मुद्दाहरूमा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। आयोगले मंगलबार पत्रकार-प्रवक्ता भेटघाट कार्यक्रम गर्दै चालू आर्थिक वर्ष २०७९/०८० मा विशेष अदालतले फैसला गरेका १२२ वटा मुद्दाहरूमा चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदनका लागि दर्ता भएको जानकारी दिएको हो।

National Life

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले चालु आर्थिक वर्षमा विशेष अदालतबाट १६३ वटा मुद्दाको फैसला प्राप्त गरेकामा २० वटा मुद्दामा मात्रै सफलता प्राप्त भएको बताए। उनले त्यसमध्ये १२२ वटा मुद्दामा मुद्दामा आयोगको चित्त नबुझेका कारण पुनरावेदनमा गएको स्पष्ट पारे। १८ वटा मुद्दामा भने आयोगसँग पर्याप्त प्रमाण नपुग्ने भएकाले पुनरावेदन नगर्ने निर्णय भएको उनले बताए।


प्रवक्ता भण्डारीले आयोगले २४ वटा मुद्दामा पुनरावेदन जानेगरी काम गरिरहेको र ती मुद्दाहरुको फैसला प्राप्तिका लागि कुरेको बताए। उनले अघिल्लो आर्थिक वर्षको दुईवटा मुद्दा पनि पुनरावेदन गरेको जानकारी दिए। सो मुद्दाहरू सामाजिक सुरक्षाभत्ता हिनामिना र गैरकानूनी सम्पती आर्जनको रहेको उल्लेख गरे।

Classic Tech Mobile
Classic Tech Desktop

पुनरावेदनमा गएका १२२ वटा मुद्दाहरूमध्ये गलत प्रतिवेदनका २ वटा, झुटा बिल भरपाइका २ वटा, घुसररिसबतका ११२ वटा, नक्कली बैंक ग्यारेन्टीको १ वटा, जग्गाधनी स्रेस्ता सच्याएको १ वटा र राजस्व चुहावटको १ वटा रहेको उनले जानकारी दिए। त्यसैगरी सार्वजनिक पुल निर्माणको १ वटा र गुणस्तरहीन सामान खरिदको १ वटा रहेको उनको भनाइ छ। प्रवक्ता भण्डारीले गत आर्थिक वर्षमा विशेष अदालतबाट १४८ वटा मुद्दाको फैसला प्राप्त गरेकोमा ५७ वटामा मात्र सफलता प्राप्त गरेको पनि जानकारी दिए।

प्रतिकृया