• ४ साउन २०८३, सोमबार
  • ७:५८ बेलुका

ओलीलाई भीम रावलको प्रश्न : म ६७ वर्षको बूढो, तपाईँ ७० वर्षको तन्नेरी कसरी ?

प्रकाशित मिति

२०७९ कार्तिक १९ गते, शनिबार १०:३०

१९ कार्तिक २०७९, काठमाडौँ : नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिमाथि आपत्ति जनाएका छन्। शुक्रबार कञ्चनपुरको चुनावी सभामा आफूले भाषण गरिरहेका बेला रावलको पक्षमा नाराबाजी भए पछि ओलीले ‘सुदूरपश्चिममा धेरै रावल रहेकाले बूढो भीम रावलको चिन्ता नगर्न’ आग्रह गरेका थिए।


ओलीको सोही अभिव्यक्तिलाई लिएर रावलले आपत्ति जनाएका हुन्। गएराति सामाजिक सञ्जालमार्फत रावलले पाँच प्रश्नसमेत गरेका छन्। ‘म ६७ वर्ष लागेकालाई बूढो भन्ने हो भने ७० वर्ष कटिसकेका ओलीजी सांसद र फेरि प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनुभयो ?’ रावलले लेखेका छन्।

Kamana Sewa

साथै रावलले अध्यक्ष ओलीको अभिव्यक्तिले बदला, निषेध र द्वेषपूर्ण भाव उदांगो भएको पनि टिप्पणी गरेका छन्।

Classic Tech Desktop

प्रतिकृया