• १३ असोज २०८३, मंगलबार
  • ६ः४१ बिहान

छुटसहित दराजले गर्‍यो १८ प्रमुख बैंकहरूसँग सम्झौता

प्रकाशित मिति

२०७९ कार्तिक १७ गते, बिहीबार ०७:४८

१७ कात्तिक २०७९, काठमाडौँ : दराजले विभिन्न १८ बैंकहरुसँग सम्झौता गरेको छ। अनलाइन शपिङ फेस्टिभल ११‍.११ फेरि सुरु हुन गइरहेको दराजले जनाएको छ। ११ लाख उत्पादनहरूमा ८ प्रतिशतसम्मको छुटसहित दराजले ११.११ को पाँचौं संस्करण यही २५ कार्तिक २०७९ (११ नोभेम्बर २०२२)मा सुरु हुने घोषणा गरेको छ।

National Life

ग्राहकहरूलाई ११.११ को अवधिमा थप छुट उपलब्ध गराउन नेपालका अग्रणी बैंकहरूसँगको साझेदारी गरिएको कम्पनीको भनाई छ। कम्पनीका अनुसार बैंक र प्रिपेमेन्ट छुटहरू दराजका वर्षभरिको सबै अभियानहरूको महत्त्वपूर्ण हिस्सा रहेको छ। कम्पनीले दराज ११‍.११ को बैंक र प्रिपेमेन्ट छुटहरू अझ ठूलो र राम्रो हुने विश्वास लिएको छ।


११‍.११ को लागि दराजले डेबिटरक्रेडिट कार्ड प्रिपेमेन्ट मार्फत २० प्रतिशत (अधिकतम रु. ३०००) छुट प्रदान गर्न नेपालका विभिन्न बैंकहरूसँग साझेदारी गरेको छ। ति बैंकका ग्राहकहरूले दराज ११‍.११ अभियानको सम्पूर्ण अवधिमा डेबिट कार्ड मार्फत १५ प्रतिशत (अधिकतम २५००) र क्रेडिट कार्ड मार्फत २० प्रतिशत (अधिकतम ३०००) सम्मको छुट प्राप्त गर्ने छन्।

Classic Tech Mobile
Classic Tech Desktop

दराज ११‍.११ अभियानका लागि बैंक साझेदारहरू निम्नानुसार छन्।

१० नबिल बैंक
२० कुमारी बैंक
३० सानिमा बैंक
४० माछापुच्छ्रे बैंक लिमिटेड
५० एभरेष्ट बैंक
६० सनराइज बैंक
७० मेगा बैंक
८० एनएमबि बैंक
९० सिटिजन्स बैंक
१०० नेपाल बैंक
११० एनसीसी बैंक
१२० नेपाल एसबीआई बैंक
१३० सेन्चुरी बैंक
१४० ज्योति विकास बैंक
१५० सांग्रिला बैंक
१६० सिद्धार्थ बैंक
१७० हिमालयन बैंक
१८० कामना सेवा बैंक

त्यसैगरी, कम्पनीका अनुसार माथि उल्लिखित प्रीपेमेन्ट छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र हुने जनाइएको छ।

प्रतिकृया