भक्तपुरको आवाज नीति निर्माण, कानुन निर्माण र बजेट निर्माण तहमा समेत प्रतिबिम्बित गराउँछौंः महेश बस्नेत (भिडियाे सहित)

प्रकाशित मिति

२०७९ कार्तिक १६ गते, बुधबार ०२:०७

सुभाष कुँवर, १६ कार्तिक २०७९,भक्तपुर: पत्रकारहरुसँग हिंजो भक्तपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा एमालेका उम्मेदवारहरुले आगामी पाँच वर्षमा ‘समृद्ध भक्तपुर : सुखी भक्तपुरवासी’ बनाउने मुख्य मुख्य योजनाहरु सार्वजनिक गरेका छन् । ‘समृद्ध भक्तपुर : सुखी भक्तपुरवासी’ हुन बाँकी रहेकाले उक्त अभिभारा पुरा गर्ने योजनाहरु एमालेसँग मात्र भएको दावी गरिएको छ ।


कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमाले भक्तपुरका प्रतिबद्धताहरु पत्रकार माझ राखे । संसदीय चुनाव भएकोले २ वटा कुरा बढी महत्वपूर्ण भएको बताउँदै संघीय सरकार र प्रदेश सरकार निर्माण गर्ने हो भने अर्को संघ र प्रदेशमा नीति, कानुन र बजेट जस्ता सार्वजनिक महत्वका विषयहरुलाई प्रभावकारी ढंगले निर्माण गर्ने कुरामा सहयोग गर्ने र गलत खालका निर्णयहरु गर्न नदिने बताएका छन् । त्यसैगरी संसदहरु भनेको विधि निर्माता मात्र नभएर विकास निर्माणको पहलकर्ता हुन् भन्ने मान्यता आफ्नो पार्टीले बोकेको बताए । त्यो आधारमा संघीय सरकार र प्रदेश सरकारबाट विनियोजन हुने बजेटहरुलाई भक्तपुर जिल्लाको अत्याधिक हितको लागि उपयोग गर्नुपर्दछ भन्ने मान्यता आफूहरुले बोकेको बताए । नागरिकता विधेयक आफ्नो पार्टीका अनुसार राष्ट्रघाती भएको बताए । विदेशी चेलीहरुले बिहा गरेको भोलिपल्ट नागरिकता पाउने र पर्सिपल्ट संसद हुन पाउने खालको विधेयक जुन गठबन्धनले ल्याउन खोज्यो त्यसको उनको पार्टीले सशक्त विरोध गरेको र राष्ट्रपतिले प्रमाणीकरण नगरेको बताए । उनी भन्दछन्, “गठबन्धन राष्ट्रियताको सन्दर्भमा संवेदनशील छैन र गठबन्धनले राष्ट्रघातीहरुको प्रतिनिधित्व गर्दछ भन्ने हाम्रो निष्कर्ष हो ।”


त्यस्तै लिम्पीयाधुरा, लिपुलेक र कालापानी जस्ता हाम्रा गुमेका भूभागहरुलाई खोजेर ल्याएर चुच्चे नक्सा बनाएर हाम्रो भूमिमा जोड्ने अभियानमा नेकपा एमाले छ । एमाले छँदा सुशासन, विकास निर्माण र अन्य औद्योगिकीकरणको अभियानहरु हुने र अन्य पार्टीहरु नेतृत्वमा हुँदा नहुने कुरा घाम जत्तिकै छर्लङ्ग भएको बताए ।


सो अवसरमा नेकपा एमालेका तर्फबाट भक्तपुर क्षेत्र नं. २ खबाट प्रदेश सभाका उम्मेदवार चन्दन कृष्ण श्रेष्ठले किन उम्मेदवार दिएको र के योजना छ भन्ने प्रसंगमा बोल्दै भने, “म मध्यपुर क्षेत्रको प्रतिनिधित्व गर्ने उम्मेदवारको हैसियतले मध्यपुर थिमिको समग्र विकासको निम्ति, सुखी नेपाल, समृद्ध नेपाल बनाउने लक्ष्य पूरा गर्नका निम्ति र बागमती प्रदेशमा सशक्त प्रतिनिधित्व गर्नका निम्ति उम्मेदवारी दिएको हुँ ।” अगाडि बोल्दै उनी भन्दछन् कि मध्यपुर थिमिमा पुरानो र नयाँ वस्तीको संगम भएकोले पुरानो वस्तीलाई पुरातात्विक रुपमा विकास गर्ने र नयाँ शहरलाई आधुनिक शहरको रुपमा विकास गर्ने योजना बनाइने छ । पुरानो वस्तीमा पुरातात्विक सम्पदालाई सम्बद्र्धन, प्रवद्र्धन गर्ने, मूर्त र अमूर्त कलाहरुलाई संरक्षण गर्ने आफ्नो लक्ष्य भएको बताएका छन् ।

त्यसैगरी कार्यक्रमका अर्का वक्ता नेकपा एमालेका भक्तपुरको जिल्ला अध्यक्ष वचन देउजाले भक्तपुरका दुवै क्षेत्रका प्रतिबद्धता पत्रहरु चाँडै आउने बताए । नेकपा एमालेले भक्तपुरको २ नं. क्षेत्रको संघ र प्रदेशमा सशक्त उम्मेदवार उठाएको र नेकपा एमालेको भक्तपुरमा विजयी सुनिश्चित भएको बताए । खास गरेर शिक्षा स्वास्थ्य, कृषि, पर्यटन, भौतिक विकासको क्षेत्रमा धेरै कुराहरु यो क्षेत्रमा भएको र ७० सालमा प्रदेशको चुनावमा हार्दा र ७४ सालमा चुनावमा चितेपछि भक्तपुरको महत्व र विकासको आवश्यकताबारे सिंहदरबारमा आवाज उठाउने कार्य महेश बस्नेतले गर्नुभएको उनले बताए । अबको चुनावमा भक्तपुरले सिंहदरबारको महत्वपूर्ण नेतृत्व गर्नुपर्दछ भन्ने पक्षमा आफू भएको बताए । उनले मतदातालाई कसले के गरेको छ भन्ने कुरा आत्ममूल्याकंन गरेर छातीमा हात राखेर मतदान गर्नुहुन र उहाँहरुले पक्कै पनि नेकपा एमालेलाई मतदान गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै प्रदेश सभाका उम्मेदवार किरण थापाले आफू वडा अध्यक्ष हुँदा ८ नं. वडामा १५ किलोमिटर बाटो कालोपत्र गरेको, ५० किमीको ट्रयाकहरु खोलेका बताए । त्यसैगरी धेरै संख्यामा खानेपानी वितरण गरेको बताए । त्यसैगरी विभिन्न विकासका पूर्वाधारहरु तैयार गरेको बताए । साथै २०७२ सालमा भूकम्पले भत्किएको डोलेश्वर महादेवको मन्दिर पनि मर्मत गरेको बताए । त्यसैगरी २०७२ सालमा भूकम्प पीडितहरुको लागि राहत वितरण गरेको पनि बताए । साथै कोभिडको समयमा जहाँ जहाँ बढी संक्रमित छन् त्यहाँ मोबाइल भ्यान पठाएर पीसीआर परिक्षण गर्नको लागि स्वाब संकलन गर्ने कार्य गरेको बताए । त्यसैगरी खेल र खेलाडीको विकासको लागि खेलहरु आयोजना गर्ने र खेलको लागि जग्गाको व्यवस्था गर्ने काम पनि गरेको बताए । त्यस्तै कृषिको क्षेत्रमा प्राविधिकहरु ल्याउने, उन्नत जातको बिउ विजन ल्याउने, सिचाईको व्यवस्था गर्ने काम भविष्यमा गर्ने बताए । साथै बालकोटमा भएको खानेपानी अभावलाई वैकल्पिक खानेपानी व्यवस्था गर्ने बताए । मेलम्ची खानेपानीको व्यवस्था गर्न आफ्नो अहम भूमिका हुने बताए ।

प्रतिकृया