नेकपा एमाले भक्तपुरले श्रीभक्त काशिछ्वालाई गर्यो कारवाही
प्रकाशित मिति
२०७९ कार्तिक १६ गते, बुधबार ११:३९
१६ कार्तिक २०७९, भक्तपुर : नेकपा एमाले भक्तपुरले पार्टीका सङ्गठित सदस्य श्रीभक्त काशिछ्वालाई कारबाही गरेको छ । भक्तपुर प्रदेश सभा निर्वाचन क्षेत्र नं। १ ९१० मा पार्टीका उम्मेदवार मोहनवीर श्रेष्ठको विरुद्धमा पार्टीका सङ्गठित सदस्य काशिछ्वाले उम्मेदवारी दिएकाले नेकपा एमाले भक्तपुरले काशिछ्वालाई कारबाही गरेको हो । काशिछ्वालाई पार्टीले पटक पटक सम्झाई बुझाई गर्दा पनि उम्मेदवारी फिर्ता नगरेपछि उनलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।
काशिछ्वाले पार्टीका आधिकारिक उम्मेदवारलाई समर्थन गर्ने तर्फ कुनै कदम नचालेकोले सो कदम पार्टी नीति, सिद्धान्त तथा हित विपरीत भएको भन्दै पार्टीले हिंजो एक विज्ञप्ति जारी गर्दै पार्टीबाट निष्कासन गरेको जनाएको छ । नेकपा एमाले भक्तपुरका जिल्ला अध्यक्ष बचन देउजाले जारी गर्नु भएको विज्ञप्तिमा पार्टीका सम्पूर्ण सदस्यहरूलाई कुनै भ्रममा नपरी पार्टीका आधिकारिक उम्मेदवार मोहनवीर श्रेष्ठको चुनाव प्रचार/प्रसार अभियानमा सक्रियतापूर्वक लाग्न निर्देशन सहित अनुरोध गरेको छ । अन्यथा पार्टीले नियमानुसार कारबाही गर्ने व्होरा समेत सचेत गराएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिकृया