• १३ असोज २०८३, मंगलबार
  • ४ः२३ बेलुका

नेकपा एमाले भक्तपुरले श्रीभक्त काशिछ्वालाई गर्यो कारवाही

प्रकाशित मिति

२०७९ कार्तिक १६ गते, बुधबार ११:३९

१६ कार्तिक २०७९, भक्तपुर : नेकपा एमाले भक्तपुरले पार्टीका सङ्गठित सदस्य श्रीभक्त काशिछ्वालाई कारबाही गरेको छ । भक्तपुर प्रदेश सभा निर्वाचन क्षेत्र नं। १ ९१० मा पार्टीका उम्मेदवार मोहनवीर श्रेष्ठको विरुद्धमा पार्टीका सङ्गठित सदस्य काशिछ्वाले उम्मेदवारी दिएकाले नेकपा एमाले भक्तपुरले काशिछ्वालाई कारबाही गरेको हो । काशिछ्वालाई पार्टीले पटक पटक सम्झाई बुझाई गर्दा पनि उम्मेदवारी फिर्ता नगरेपछि उनलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।

National Life

काशिछ्वाले पार्टीका आधिकारिक उम्मेदवारलाई समर्थन गर्ने तर्फ कुनै कदम नचालेकोले सो कदम पार्टी नीति, सिद्धान्त तथा हित विपरीत भएको भन्दै पार्टीले हिंजो एक विज्ञप्ति जारी गर्दै पार्टीबाट निष्कासन गरेको जनाएको छ । नेकपा एमाले भक्तपुरका जिल्ला अध्यक्ष बचन देउजाले जारी गर्नु भएको विज्ञप्तिमा पार्टीका सम्पूर्ण सदस्यहरूलाई कुनै भ्रममा नपरी पार्टीका आधिकारिक उम्मेदवार मोहनवीर श्रेष्ठको चुनाव प्रचार/प्रसार अभियानमा सक्रियतापूर्वक लाग्न निर्देशन सहित अनुरोध गरेको छ । अन्यथा पार्टीले नियमानुसार कारबाही गर्ने व्होरा समेत सचेत गराएको विज्ञप्तिमा उल्लेख छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया