• ११ असोज २०८३, आइतबार
  • ५ः०२ बेलुका

कांग्रेसले पठायो सर्कुलर

प्रकाशित मिति

२०७९ कार्तिक १३ गते, आईतवार १०:०४

१३ कार्तिक २०७९, काठमाडौँ: नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने आम निर्वाचनलाई लक्षित गर्दै मातहतका कमिटीमा सर्कुलर पठाएको छ । पार्टीका तर्फबाट प्रवक्ता डा प्रकाशशरण महतले केन्द्रीय प्रचारप्रसार समिति तथा सबै उपसमिति अन्तरगतका सदस्यलाई सर्कुलर पठाएका हुन् । सर्कुलरमा सक्रिय ढंगले प्रचार प्रसारमा लागेर पार्टीको पक्षमा जनमत बनाउन आग्रह गरिएको छ ।

National Life

उनले कांग्रेसले प्रत्यक्षमा उम्मेदवार उठाएका स्थानमा आफ्ना उम्मेदरवारलाई विजयी गराउन, सहमतिमा गठबन्धन दलसँग तालमेल भएका स्थानमा गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन तथा समानुपातिकतर्फ कांग्रेसका पक्षमा अत्यधिक मतदान गराउन मन, वचन र कर्मले समर्पित हुन आग्रह गरेका छन् ।


साथै नेपाली कांग्रेसको पक्षमा पार्टीले पठाएका प्रचार सामग्रीहरु विद्युतीय तथा अन्य सञ्चार माध्यमहरुबाट व्यापक रुपमा प्रचार प्रसार गर्ने कार्यमा सक्रिय हुन पनि कांग्रेसले अनुरोध गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया