• २० भदौ २०८३, शनिबार
  • १०ः२४ राती

कांग्रेसले आज निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने

प्रकाशित मिति

२०७९ कार्तिक ११ गते, शुक्रबार ०९:१०

११ कात्तिक, २०७९, काठमाडौँ: आगामी मंसिर ४ का लागि तय गरेको निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसले आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । निर्वाचन घोषणापत्र बिना नै मत माग्न सुरु गरेको कांग्रेसको घोषणापत्र प्रधानमन्त्रीसमेत रहेको पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्नेछन् ।

National Life

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार स्थानीय तह निर्वाचन प्रयोजनका लागि जारी गरेको घोषण पत्रमा केही थपघट गरी संकल्प प्रस्ताव तयार पारिएको छ । ‘निरन्तरतमा नविनता’ नाराका साथ संविधान कार्यन्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको सवलीकरणलाई प्राथमिकतामा राखिएको महामन्त्री शर्माले जानकारी दिए ।


तीन खण्डमा तयार पारिएको उक्त घोषणा पत्र तिहार अघि नै सार्वजनिक गर्ने भनिए पनि प्राविधिक कारण देखाउँदै आज सार्वजनिक गर्न लागिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Classic Tech Desktop

प्रतिकृया