• १२ असोज २०८३, सोमबार
  • २ः०९ राती

गृहमन्त्री र अमेरिकी राजदूत थम्प्सनबीच भेटवार्ता

प्रकाशित मिति

२०७९ कार्तिक ६ गते, आईतवार ११:३७

६ कार्तिक २०७९, काठमाडौँ: गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा आज भएको भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको गृहमन्त्री खाणको सचिवालयले जनाएको छ ।

National Life

भेटमा गृहमन्त्री खाणले राजदूत थम्प्सनलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै नेपालको विकास र लोकतन्त्रका लागि अमेरिकाले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्नुका साथै आगामी दिनमा थप सहयोग निरन्तरताको अपेक्षा गरेका थिए ।


सो अवसरमा राजदूत थम्प्सनले आगामी निर्वाचनले नेपालको लोकतन्त्रलाई थप सवल बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया