• ५ असोज २०८३, सोमबार
  • ३ः०५ दिउँसो

भारतमा सार्वजनिक भयो १५ हजार रूपैयाँमा जियोबुक ल्यापटप

प्रकाशित मिति

२०७९ कार्तिक ४ गते, शुक्रबार ०६:२०

४ कात्तिक २०७९, एजेन्सी : रिलायन्स जियोले भारतीय बजारमा नयाँ ल्यापटप सार्वजनिक गरेको छ। कम्‍पनीले बिहीबार रिलायन्स जियोबुक सार्वजनिक गरेको हो। प्रविधि वेबसाइट बिजनेस टुडेका अनुसार नयाँ जियोबुक एक बजेट(रेन्ज ल्यापटप हो। यो ल्यापटप विशेष गरी विद्यार्थी वर्गलाई लक्षित गरी तयार पारिएको छ।

National Life

भारतीय बजारमा जियोबुकको बजार मूल्य जम्मा १५ हजार सात सय ९९ भारतीय रूपैयाँ तोकिएको छ। ग्राहकहरूले यो रिलायन्स डिजिटलको आधिकारिक वेबसाइटबाट खरिद गर्न सक्छन्। कम्पनीले ल्यापटप खरिदमा विशेष छुटहरूको पनि व्यवस्था गरेको छ। जियोबुक जियोओएस अपरेटिङ सिस्टममा आधारित छ। रिलायन्स जियोले माइक्रोसफ्टसँगको साझेदारीमा जियोबुक उत्पादन एवम् सार्वजनिक घोषणा गरेको हो। जियोबुक ल्यापटपले रिलायन्स जियो एलटिई कनेक्टिभिटी समर्थन गर्छ। तर यसले वाइफाइ भने समर्थन गर्दैन।


रिलायन्स जियोबुकमा ११.६ इन्चको डिस्प्ले प्यानल पाउन सकिन्छ। यसमा स्टिरियो स्पिकर दिइएको छ भने दुई मेगापिक्सलको वेब क्यामेरा छ। यसमा दुई जिबी र्‍याम र ३२ जिबी आन्तरिक स्टोरेज दिइएको छ। ल्यापटपको स्टोरेज १२८ जिबीसम्म बढाउन सकिन्छ। ल्यापटमा दुई युएसबी पोर्ट दिइएको छ भने एउटा एचडिएमआई मिनी पोर्ट, ३.५ एमएमको हेडफोन ज्याक र माइक्रो एसडी कार्ड स्लट पनि पाउन सकिन्छ।

Classic Tech Mobile
Classic Tech Desktop

नयाँ जियोबुक क्वालकम स्न्यापड्रागन ६६५ चिपसेटमा आधारित छ। यसमा ५ हजार एमएएचको ब्याट्री प्याक दिइएको छ। कम्पनीले दाबी गरेअनुसार एक पटक पूरा चार्जपछि यो ल्यापटपमा ८ घण्टाभन्दा बढी निरन्तर काम गर्न सकिन्छ। यो ल्यापटपमा प्रयोगकर्ताहरूले एप स्टोरको पहुँच जियोस्टोरमार्फत पाउन सक्छन्।

प्रतिकृया