• १४ असोज २०८३, बुधबार
  • २ः१८ राती

मदिरा आयात प्रतिबन्ध खुलाउन पर्यटनमन्त्रीको प्रस्ताव

प्रकाशित मिति

२०७९ कार्तिक ४ गते, शुक्रबार ०६:४९

४ कात्तिक २०७९, काठमाडौँ : संस्कृति, नागरिक तथा उड्डयनमन्त्री जीवन राम श्रेष्ठले विदेशी मदिरा आयात प्रतिबन्ध खुलाउन मन्त्री परिषदमा प्रस्ताव लगेका छन्। लामो समयदेखि विदेशी मदिरा आयातको रोक लगाएसँगै मुलुकको पर्यटन क्षेत्रमा नकारात्मक असर पुर्‍याएको भन्दै मन्त्री श्रेष्ठले बिहीबार मन्त्रीपरिषदमा यस्तो प्रस्ताव लगेका हुन्।

National Life

विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि वैशाखदेखि मदिरा आयातमा पूर्ण प्रतिबन्ध लाग्दै आएको छ। यसबीच अन्य केही वस्तुको आयात खुला गरिएपनि मदिरा, सवारीसाधन, महँगा मोबाइललगायतको प्रतिबन्ध कायमै छ। यस्तो प्रतिबन्ध आगामी मंसिरसम्म रहनेछ। ‘पर्यटनसँग मदिरा जोडिएकाले मदिरा आयात प्रतिबन्ध खुलाउन प्रस्ताव लगेको हुँ’ मन्त्री श्रेष्ठले भने, ‘प्रस्तावपछि प्रधानमन्त्री सकारात्मक हुनुभएको छ, तिहारपछि यो विषय छलफल गरेर निर्णय हुनेछ।’


यसअघि सरकारले गत वैशाखबाट मदिरा आयातमा रोक लगाएको थियो। मदिरा आयातमा प्रतिबन्ध लगाएसँगै यसको असर कोरोना माहामारीसँगै चलयमान बन्दै गएको होटल उद्योगमा परेको व्यवसायीहरू बताउँछन्।’ पर्यटन उद्योग यस्तो क्षेत्र हो जहाँ १० डलरको मदिरा आयात गरेर ३० डलरसम्म मुल्य अभिवृद्धि हुन सक्छ। अर्थतन्त्रलाई माथि उकास्ने बलियो आधार पर्यटन हो। तर यो आयात रोक्दा समग्र होटल क्षेत्रलाई असर पुर्‍याएको छु होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाह भन्छन्।

Classic Tech Mobile
Classic Tech Desktop

तर, पर्यटनमन्त्री श्रेष्ठले ढिलै भएपनि पर्यटन व्यवसायीहरूको समस्यालाई बुझेर मन्त्रीपरिषदमा यो प्रस्ताव लगेकाले व्यवसायीहरू आशावादी रहेको उनले बताए। भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा एक अर्ब ४९ करोड ७१ लाख रूपैयाँको तयारी मदिरा आएको थियो। सबै प्रकारका १२ लाख ५० हजार लिटर बराबरका तयारी मदिरा आयात भएको हो।

प्रतिकृया