• १४ असोज २०८३, बुधबार
  • ११ः२४ राती

विद्रोही उम्मेदवारले आफ्नो उम्मेदवारी २०७९ कात्र्तिक ४ गतेभित्र निष्क्रिय गर्ने माैका

प्रकाशित मिति

२०७९ कार्तिक १ गते, मंगलवार ०१:२९

१ कार्तिक २०७९, काठमाडौँ: मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा-प्रदेश सभा सदस्य पदको निर्वाचनमा गठबन्धन दलहरु बीच सहमती भई बनेका नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार एवं गठबन्धन दल बीच सहमती भई बनेका गठबन्धन दलका आधिकारिक उम्मेदवार विरुद्ध विद्रोही उम्मेदवारी दिई तोकिएको मिति र समय (२०७९ असोज २६ गते विहान १० बजेदेखि अपरान्ह १ बजे) भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम नेपाली कांग्रेसको सदस्यता समेत नरहने गरी ५ वर्षका लागि निष्काशन गरिएको विषयमा पुनः ध्यानाकर्षण गराएकाे छ।

National Life

तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रुपमा सक्रिय रहने प्रतिवद्धता सहित २०७९ कात्र्तिक ४ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारवाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पु¥याई फुकुवा गर्ने व्यहोरा सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ ।

प्रतिकृया